बैतडीमा पशुमा खरी र लम्पी स्कीन रोग फेरि देखियो

बैतडी । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग फेरि देखा पर्न थालेको छ। सबै स्थानीय तहमा यो रोगबाट चौपाया सङ्क्रमित हुन थालेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिए।

Ganyapdhura gau

खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ। यो रोग दूधालु बधुवा भैँसीमा जाडो र गर्मी समयमा र बेँसी क्षेत्रमा भन्दा पहाडी डाँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तले बताए। यो रोग लागेपछि पशु दुब्लाउँदै जान्छ र उत्पादनमा कमी आउँछ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार चौपायामा यो रोग लागेमा सारकोप्टिक माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्यभन्दा बढी कष्टदायक हुन्छ। सरोप्टिक माइटले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ। प्रायः छालामा पाप्रा देखिने, त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिन्छ।

यो रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म ठोस उपचार पद्धति विकास हुन नसकेको प्रमुख पन्तले बताए। उनले भने, ‘सन्तुलित आहार, गोठ र पशुको सरसफाइमा ध्यान दिन सके यो रोग निको हुन सक्छ। समय-समयमा भेटेरिनरी प्राविधिक र पशु चिकित्सकसँग सुझाव लिएर आवश्यक परामर्श गर्न अनुरोध छ।’

यस्तै, जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि देखिन थालेको छ। लम्पी स्कीन पुरानै पशुचौपायामा देखिन थालेको प्रमुख पन्तले जानकारी दिए। लम्पी स्कीन लागेका चौपायालाई १०४ डिग्रीभन्दा माथि ज्वरो आउने, शरीरमा साना(ठूला फोका निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने, बिस्तारै घाँस खान छाड्ने जस्ता लक्षण देखिन्छ।

यो रोग नियन्त्रणका लागि खोप आवश्यक रहेको उनले बताए। साथै, लम्पी स्कीन देखिएका पशुबाट नजिकैका अन्य पशुमा पनि यो रोग सर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेको केन्द्रले जनाएको छ।

Couple
Loading...