

धनगढी- कैलाली कारागारमा आफन्तहरु भेट्नेको भीड लागेको छ । जिल्ला कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको हो ।



कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट र कुरा गर्न दिएपछि आफ्ना मान्छेको अवस्था बुझ्न आउने आफन्तको भीड लागेको हो। आफन्तले शनिवार पनि भेटघाट गरेका थिए ।


घटनापछि आफ्ना व्यक्ति भेट्न आउने आफन्तको आज कारागारमा लाइन नै लागेको थियो । शुक्रवार मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गरेका थिए । सो घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो। ४७ जना कैदी घाइते छन् ।
कारागारबाट कैदी सरुवापछि कैदीबिच मनमुटाव बढेको उनीहरूका आफन्तहरूको जिकिर छ। कैलालीको गोदावरी नगरपालिकास्थित गेटाका सिद्धराज भट्टले कैदीका नाइके अशोक रावलको सरुवापछि भित्र अशान्ति मच्चिएको जिकिर गरेका छन् ।