कञ्चनपुरमा करेन्ट लागेर वृद्धको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका-१० चतहरी बस्ने ६० वर्षीय पदम सार्कीको करेन्ट लागेर मृत्यु भएको हो। शनिवार आफ्नै घरमा चालु अवस्थामा रहेको टेबुल पंखा उठाउने क्रममा करेन्ट लागेर सार्र्की घाईते भएका थिए।

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...