कैलाली कारागारमा कुटपिटमा घाइतेमध्ये एक जनाको आइसीयुमा राखेर उपचार हुँदै

धनगढी- जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेमध्ये एक जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ।

कुटपिटमा गम्भीर घाइते रबी चौधरीको आइसीयुमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। जोशीका अनुसार अर्का गम्भीर घाइते जगदीस रानाको अपरेशन थिएटरमा राखिएको छ।

Navadurga sun

कारागारमा कैदीबन्दीबिच हिजो राति झडप हुँदा झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन। झडपमा धनगढी उपमहानगरपालिका–४, भरत चौधरीको मृत्यु भएको हो।गम्भीर घाइते चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक चौधरी लागुऔषध मुद्दाका कैदीबन्दी हुन्। उनको शब सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान कडाइ गरेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच झडप भएको हो।

ADD Khali jpg
Loading...