सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिका मेलाको अवसरमा त्रिवेणीमा तीन दिन बिदा

अत्तरिया- सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा लाग्ने मेलाको अवसरमा बाजुराको त्रिवेणी नगरपालिकाले तीन दिन बिदा दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै २१ गतेदेखि २३ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिएको हो । 

‘त्रिवेणी नगरपालिकाको साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार यस नगरपालिकामा अवस्थित पवित्र धार्मिकस्थल बडीमालिका मेलाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकोले यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूमा २१ गतेदेखि २३ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारी गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी प्रसाद शाहद्वारा जारी सूचनामा भनिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...