कञ्चनपुरमा खुकुरी प्रहारबाट युवक गम्भीर घाइते

कञ्चनपुर- कञ्चनपुरमा खुकुरी प्रहारबाट १६ वर्षीय युवक गम्भीर घाइते भएका छन् । दुई जनाको समूहले खुकुरी प्रहार गर्दा जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित ‘घ’ गाउँका आयुष बोहरा गम्भीर भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोरा बुधवार राति पुनर्वास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरा माथि खुकुरी प्रहार गरेका थिए ।

Navadurga sun
Godawari sandesh

खुकुरी प्रहारबाट गम्भीर घाइते बोहराको पुर्नवास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी स्थित निर्सग अस्पताल ल्याइएको छ । कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका टमाटाको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Loading...