धनगढी- धनगढीको मोहना नदीमा एक बालकको शव फेला परेको छ । प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलबार वेवारिसे अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।






जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले अन्दाजी ८/९ वर्षीय बालकको शव फेला परेको बताए ।





उनका अनुसार शवको केही भाग सडेको अवस्थामा रहेको छ । शवको महिचान हुन भने बाँकी छ । अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।




