राप्रपा प्रदेश सांसद विष्टले सुदूरपश्चिमको राजधानी गोदावरीमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रदेश सांसद खेमा देवी विष्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आइतबार बसेको प्रदेश सभाको वैठकमा विष्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा कार्यान्वयन गर्न सांसद विष्टले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश सरकारले २०७५ असोज १२ गते प्रदेश सभाले गोदावरीको वनदेवी क्षेत्रमा राजधानी तोकिसकेको तर हाल आएर राजधानी सार्ने गृहकार्य सुरु भएको सुन्नमा आएको हुँदा यदि यस्तो भए गोदावरीका जनतालाई मान्य नहुने उनले बताइन् ।

राप्रपा संघिएताको विरोधी भएको प्रष्ट पार्दै उनले कार्यान्वयन नै गर्ने भए सात वर्ष अघि भइसकेको निर्णय नै कार्यान्वयन गर्न उनले आग्रह गरिन्।

चुनावको समयमा कांग्रेस सांस्द विर बहादुर बलायरले आफूले जितेको ६ महिनामा गोदावरीमा राजधानी बनाउने बाचा गरेको स्मरण गर्दै सोहि पार्टी स्थानीय देखि केन्द्रसम्म सरकारमा हुँदा उल्टो तोकिएको राजधानी समेत फिर्ता गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप विष्टले लगाइन् ।

राजधानी सार्ने विषय अघि बढे गोदावरीका जनता हातमा दहि जमाएर नबस्ने उनले बताइन् ।

Loading...