आजदेखि कक्षा १२ को परीक्षा शुरु (परीक्षा तालिका सहित)

काठमाडौं, ३० भदाै– आज (बुधबार) बाट कक्षा १२ को परीक्षा शुरू भएको छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो । आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । अर्यालले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको सदस्य–सचिव अर्यालले बताए ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने बताए ।

Loading...