म्याजिक र अटो एकआपसमा ठोकिदा ३ जना घाईते

अत्तरिया- कैलालीको अत्तरियामा म्याजिक र अटो एकआपसमा ठोकिदा ३ जना भाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका वडा नं.४ बसन्तपुरमा पूर्वतर्फ जादै गरेको सु.प.प्र.०१००१ ह ३७३९ नम्बरको अटो र विपरित दिशाबाट आउदै गरेको से १ ज १११२ नम्बरको म्याजिक एक आपसमा ठोकिदा अटोचालक सहित ३ जना घाईते भएका हुन् ।

Dadeldhura hospital

घाईते हुनेहरुमा अटो चालक बर्ष ५० का धर्म बोहरा, उनका छोरा बर्ष १२ का सूर्य बोहरा र अटोमै सवार वर्ष ३५ कि महिला कृष्णमाया तामाङ रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाईते तिनै जनाको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भैरहेको छ ।

Navadurga sun
Godawari sandesh

अटो चालक र उनका छोराको अवस्थामा समान्य रहेपनि महिला तामाङको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरिक्षक उमेश चन्दले जानकारी दिए । म्याजिकमा भने एक जना चालक मात्रै रहेको र उनको अवस्था सामान्य नै रहेको उनले बताए ।

Loading...