आज एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । विशेषगरी आज रातिदेखि कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

पूर्वका इलाम र झापासहित केही ठाउँमा गएराति पनि ठूलो पानी परेको थियो । कोशी, बागमती र कर्णालीका एकरदुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कतै कतै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद् उज्ववल उपाध्यायका अनुसार भोलि दिउँसोदेखि पर्सि सोमवार बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्नसक्ने भएकाले पर्सि सोमवारसम्म सकभर लामो दूरीको यात्रा नगर्न पनि उहाँको सुझाव छ ।

Loading...