राज्यमन्त्री अरुनले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै छन्। नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

उनले भने, ‘संसदीय दलको निर्णयअनुसार हाम्रो पार्टी प्रतिपक्षमा बस्ने हिजै निर्णय भइसकेको छ। म अहिले भैँसेपाटीमै छु। संसदीय दलको नेताले निर्देशन अनुसार आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदैछु।’

Navadurga sun
Godawari sandesh

हिजो बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ (चौधरी) को अध्यक्षतामा बसेको दलको बैठक प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने भएको हो।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ।

Couple
Loading...