फाप्ला क्रिकेट रंगशाला लगायत चार रंगशालाका लागि ४२ करोड बजेट विनियोजन

सरकारले कैलालीको फाप्ला क्रिकेट रंगशालालगायत चारवटा रंगशालाको निर्माणका लागि आगामी आर्थिक वर्ष २०८२/०८३ मा ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Dadeldhura hospital

बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न स्थानमा निर्माणाधीन प्रमुख रंगशालाहरूको कार्य अघि बढाउन बजेट व्यवस्था गरिएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार, कैलालीको फाप्ला क्रिकेट रंगशाला, काठमाण्डौको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालारुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाका लागि उक्त बजेट छुट्याइएको हो ।

सरकारले खेलकुद पूर्वाधार विस्तार मार्फत युवालाई खेल क्षेत्रमा आकर्षित गर्ने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । फाप्ला रंगशालाको निर्माणले सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Loading...