आगलागी हँदा २५ लाखको क्षति

धनगढी- कैलालीका चार जनाको घरमा आगलागी हुँदा २५ लाखको क्षति भएको छ ।

Dadeldhura hospital

जिल्लाको घोडाघोडी नगरपालिका–४ गैँडाखेडाका एकेन्द्र शाही, मदन बुढा, डबल ठगुन्ना र विष्णु पाण्डेको घर तथा गोठहरूमा आगो लागेको हो ।

Navadurga sun
Godawari sandesh

नेपाल प्रहरीले शाहीको घर, बुढाको घर र गोठ, ठगुन्नाको गोठ र पाण्डेको घरमा आगलागीबाट क्षति भएको बताएको छ । शुक्रवार बिहान उनीहरूको घर तथा गोठहरूमा आगो लागेको प्रहरीले बताएको छ । स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Loading...