बझाङका सबै स्थानीय तहमा सकियो एमालेको अधिवेशन

बझाङ। बझाङका १२ वटा पालिकामा एमालेले अधिवेशन सम्पन्न गरेको छ । फागुन १६ गते साइपाल गाउँपालिकाबाट सुरु भएको नेकपा (एमाले)को पालिका अधिवेशन १२ वटै पालिकामा सम्पन्न भएको हो ।

Ganyapdhura gau

साइपाल गाउँ कमिटी अध्यक्षमा मंगल बोहरा, तलकोट गाउँ कमिटी अध्यक्षमा कृष्ण बहादुर सार्की, मष्टा गाउँ कमिटी अध्यक्षमा दविराज बोहरा र जयपृथ्वी नगर कमिटी अध्यक्षमा हरिचन्द्र जोशी निर्वाचित हुँदा बुंगल नगर कमिटी अध्यक्षमा दीपकराज जोशी र वित्थडचिर गाउँ कमिटी अध्यक्षमा दीपेन्द्र बोहरा निर्वाचित भएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै खप्तडछान्ना गाउँ कमिटी अध्यक्षमा किरण सिंह, छविसपाथिभेरा गाउँ कमिटी अध्यक्षमा कलक बहादुर थापा, सुर्मा गाउँ कमिटी अध्यक्षमा अक्कल विक, थलारा गाउँ कमिटी अध्यक्षमा विष्णु विष्ट, दुर्गाथली गाउँ कमिटी अध्यक्षमा हेमराज विष्ट र केदारस्युँ गाउँ कमिटी अध्यक्षमा लोकेश भण्डारी निर्वाचित भएको नेकपा (एमाले) जिल्ला कमिटी बझाङका सचिव नयन बोहराले जानकारी दिए ।

बझाङका केही पालिकामा निर्वाचन प्रणालीमार्फत त केहीमा सहमतिबाट पालिका कमिटीको नेतृत्व चयन गरिएको सचिव बोहराको भनाई छ । पार्टी पालिका अधिवेशन सकेर सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र वडा अधिवेशन केन्द्रित भएको नेकपा (एमाले) जिल्ला कमिटी बझाङका अध्यक्ष दिल बहादुर भण्डारीले बताए ।

पालिका अधिवेशनले निष्क्रिय रहेका धरैले पार्टीमा सक्रियता बढाएको समेत अध्यक्ष भण्डारीको भनाई छ । पार्टीका गतिविधि यस्तै बढाउँदै लैजाने र नयाँ, पुराना नेता कार्यकर्ताहरूलाई सक्रिय बनाउँदै मिसन ८४ सम्म पार्टीलाई बलियो र सबै क्षेत्र जित्ने बनाउने उद्देश्य रहेको जिल्ला कमिटी उप–सचिव पंकज भण्डारीले बताए ।

Couple
Loading...