हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालद्वारा खाद्यान्न सहयोग

Dadeldhura hospital

अत्तरिया, २२ भदौ- गोदावगरी नगरपालिका वडा नं.२ मा अवस्थित हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालले खाद्यान्न सहयोग गरेको छ ।
गोदावरी नगरपालिका वडा नं. ३ बजुरेल कटान बस्ने बर्ष ५५ का शारीरिक अपांगता भएका व्यक्ति खडक भुलको मृत्यु हुँदा परिवारलाई खाद्यान्न अभाव भएको परिवारलाई केही खाद्यान्न सहयोग गरिएको हो ।

Ganyapdhura gau

घरको मुलि मान्छेको मृत्यु हुँदा आज ९ औ दिन पुग्दा सम्मको काज कृयामा समेत समस्या भएका कारण बुधबार हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपाल केही खाद्यान्न सामाग्री लियर सानो छाप्रोमा बसेका सेतो कपडा पहिरेका स्वर्गीय खडक भुलको धर्म पत्निलाई सहयोग गरेको छ । साथै यदि कोही सहयोग गर्न चाहनुहुन्छ भने उनीलाई सक्दो सहयोग गर्न हुन हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालले हार्दिक अनुरोध समेत गरेको छ ।

Couple
Loading...