कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–१ सब्जीमण्डी स्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भई हाल गोदावरी नगरपालिका–१ सब्जीमण्डी अगाडी कोठा गरि बस्ने २२ वर्षीय रमेश नाथको कोठामा खाँनतलासी गर्दा गोदावरी नगरपालिका–५ बस्ने २३ वर्षीय पवन नेपाली र रमेश नाथ पक्राउ परेका हुन्।

३ ग्राम ९० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०फेला पारि दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...