कञ्चनपुरमा रेबिज विरुद्धको खोप अभाव

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो ।

Ganyapdhura gau

अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् । ‘एक हप्ता अगाडिसम्म अस्पतालमा ६० भाइलसम्म खोप उपलब्ध थियो’, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले भने, ‘अहिले पूरै सकिएको छ, सार्वजनिक सूचनानै जारी गरेर रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेका छौँ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आपूर्ति व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने निःशुल्क खोप अभाव भएकाले उनले सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीले लगाई दिने बताए । ‘रेबिज विरुद्धको खोप लगाउने कार्य बन्द गरेका छैनौँ’, उनले भने, ‘खोप अभावले निःशुल्क सेवा मात्रै छैन ।’ उनका अनुसार महिनामा अस्पतालमा रेबिजविरुद्धको ४०० देखि ५०० भाइल खोप खपत हुने गरेको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोप अभाव भएकाले खोप उपलब्ध हुन एक हप्ता लाग्ने जानकारी पाएको उनले बताए । अस्पतालसँगै स्थानीय तहमा रहेका स्वास्थ्यचौकीहरुमा पनि निःशुल्क उपलब्ध हुँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गा भट्टका अनुसार रेबिजविरुद्धको खोप अभाव भएको तीन साता बढी भैसकेको छ ।

माग गर्दै आए पनि हालसम्म आपूर्ति हुन नसकेको उनले जानकारी दिए । खोप अभाव भएपछि चर्को मूल्यमा सेवाग्राहीले निजी मेडिकलबाट रेबिजविरुद्धको खोप खरिद गर्न बाध्य छन् । रासस

Couple
Loading...