कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहनगरपालिका–२ भन्सार कार्यालय नजिकबाट बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई हाल धनगढी उपमहनगरपालिका–४ बस्ने २२ वर्षीय सुरेश सार्की पक्राउ परेका छन्। सार्कीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

टीकापुर नगरपालिका–७ झलक कटेज नजिकबाट टीकापुर नगरपालिका–८ बस्ने १९ वर्षीय राकेश बुढा पक्राउ परेका छन्। बुढालाई ५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

धनगढी उपमहनगरपालिका–१३ राजपुरबाट सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष रानासहित दुई जना पक्राउ परेका छन्। दुबै जनालाई ७० मिलिग्राम खैरो हेरोइनसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...