बैतडीको पुर्चौंडीमा आयोजित स्वास्थ्य शिविरमा २८ सय बढीको स्वास्थ्य परीक्षण

बैतडी- बैतडीको पुर्चौंडीमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा २८ सय बढीको स्वास्थ्य परीक्षण गरिएको छ । पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीको आयोजनामा सञ्चालन भएको शिविरमा २८ सय ६० जनाको स्वास्थ्य परीक्षण गरिएको पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्र प्रसाद अवस्थीले बताए ।

Ganyapdhura gau

बैतडी समाज कैलालीले आफ्नो बार्षिक नियमित कार्यक्रम अन्तर्गत यो बर्ष पुर्चौंडी नगरपालिकासंगको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

Navadurga sun
Dadhaldhura pur

दुर्गम क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउन हरेक बर्ष शिविरको आयोजना गरिँदै आएको शिविर संयोजक गजेन्द्रबीर चन्दले बताए । शिविरमा फिजिसियन डाक्टर चेतराज भट्ट, युरोलोजिष्ट डाक्टर जोनेश तिवारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नरबहादुर मौनी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रविन्द्र भट्ट, मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट, दन्तरोग विशेषज्ञ डाक्टर सन्तोषकुमार पाण्डे, मेडिकल अफिसर डाक्टर रोहित ठगुन्ना सहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यस्तै शिविरमा धनगढी नेत्रालयको नेत्र विशेषज्ञको टोलीले ३ सय ८७ जनाको आँखाको परीक्षण गरेको छ । आँखा परीक्षण अन्तर्गत ७५ जनाको शल्यक्रिया गरिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । आँखा शिविर आज पनि जारी रहेको उनले बताए । आँखा शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त सहितको टोलीले सेवा दिइरहेको चन्दले बताए ।

स्थानीयस्तरमै बिशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यल बैतडी समाज कैलालीसंगको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपक बहादुर बमले बताए । शिविरले केही हदसम्म भएपनि स्थानीय नागरिकहरुलाई सहज भएको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...