बाह्रवन साझेदारी वनको वैशाख ११ गते निर्वाचन हुँदै

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समूहको नयाँ कार्यसमितिका लागि यही वैशाख ११ गते निर्वाचन हुँदैछ ।

Ganyapdhura gau

निर्वाचनमा अध्यक्षका लागि विर बहादुर चोखाल, डण्डीराज सुवेदी र टेक बहादुर बुढा चुनावी मैदानमा उत्रिएका छन । बुढा नेकपा एमाले निकट हुन भने बाँकी दुई जना उम्मेदवार कांग्रेस निकट मानिन्छन । चोखाल त नेपाली कांग्रेस गोदावरी नगरपालिकाका सभापति समेत हुन ।

Navadurga sun

कांग्रेसबाटै दुई जनाको उम्मेदवारी परेपछि आईतबार नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो आधिकारीक उम्मेदवारका बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले कांग्रेसले गोदावरी नगरसभापति चोखालको नेतृत्वमा टिम तयार गरेको बताए ।

Dadhaldhura pur

उनले कांग्रेसबाट चोखालको नेतृत्वमा नेकपा माओवादी सहितको टीम बनाईएको बताए । उनले सबैसँगको सहकार्य र छलफल पश्चात नै चोखाललाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको बताए ।

‘नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दिनुभएको छ’ उनले भने ‘त्यसमध्ये कैलाली क्षेत्र नं. ४ र ५ का कांग्रेसका अगुवा नेताहरु तथा क्षेत्रिय सभापति सहितको टिमले लामो समयसम्म संवाद र छलफल गरेर चोखाललाई आधिकारीक उम्मेदवारका रुपमा अघि सारेको हो ।

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका कैलाली क्षेत्र नं ४ का सभापति बसन्त रोकाया ललितले नेपाली कांग्रेसका तर्फबाट विर बहादुर चोखाल नेतृत्वको टिम नै आधिकारीक भएको बताए । उनले बाहिरी हल्लाको पछि नलागी कांग्रेसको आधिकारीक उम्मेदवारलाई जिताउनतर्फ लाग्न उनले कांगेसका सबै नेताकार्यकर्ताहरुलाई आग्रह गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लछिराम आचार्यले विर बहादुर चोखाल नेतृत्वको टिममा माओवादीको समर्थन र सहभागिता रहेको बताएका छन ।

यही वैशाख ११ गते हुन गैरहेको कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको बाह्रबन साझेदारी बन व्यवस्थापन समुहको निर्वाचनमा कांग्रेसको आधिकारीक उम्मेदवार घोषणाको बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । उनले कांग्रेसको आधिकारीक उम्मेदवारका रुपमा रहेका चोखालको टिममा माओवादी केन्द्रले पनि सहभागिता जनाएको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...