बैतडीका दुई क्याम्पसमा नेविसंघ, एकमा अनेरास्ववियुको नेतृत्व

बैतडी- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका बैतडीका तीन ओटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ ।
बुधवार सम्पन्न निर्वाचनमा दुई ओटा क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एक ओटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरूको संयुक्त प्यानल निर्वाचित भएको छ ।

जिल्ला सदरमुकाम गोठलापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानलसहित सभापतिमा रोशन भट्ट एक सय एक मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडुले ५० मत ल्याएको जगन्नाथ बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत हरिदत्त भट्टले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मेलौली स्थित मणिलेक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका मनोज दत्त ओझा प्यानलसहित विजयी भएका हुन । उनले ४८ मत ल्याए । उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए भने अखिल क्रान्तिकारीबाट अध्यक्ष पदकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याइन ।

यस्तै पाटन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ । पाटन क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्जु भण्डारीले एक सय पाँच मत ल्याएर निर्वाचित भइन । पाटनमा स्वतन्त्र समूहका उम्मेदवार गौतम अवस्थीले ५५ मत र नेवि सङ्घकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याएको पाटन बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत उत्तम भण्डारीले बताए ।

विश्वविद्यालयले चैत्र १३ गते बुधवार मतदाता नामावली प्रकाशित गर्दै चैत्र १७ गते उम्मेदवारी दर्ता र चैत २७ गते मतदानको तालिका तोकेको थियो ।

Loading...