बाह्रवन साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष बन्न १५ जना आकाङ्क्षी

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा कार्यालय रहेको बाह्रवन साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष बन्न १५ जना आकाङ्क्षी अगाडि सरेका छन् । समूहको चुनावी साधारण सभामा ३ महिला र १२ जना पुरुष गरि १५ जनाले आकांक्षा व्यक्त गरेका हुन् ।

Ganyapdhura gau

बाह्रवन साझेदारी वन उपभोक्ता समूहले बिहिबार (आज) सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको प्रमुख आतिथ्यतामा चुनावी साधारण सभाको उद्घाटन सत्रको आयोजना गरेको थियो ।

Navadurga sun
Dadhaldhura pur

उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्न सहमतिको प्रयास गरिएको भएपनि सफल हुन नसकेपछि निर्वाचन समिति गठन गरिएको छ । उजिर सिंह कुँवरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।

अध्यक्षका आकाङ्क्षीहरुमा डण्डीराज सुवेदी, विर बहादुर चोखाल, श्याम खड्का, टेक बुढा, हेमप्रकाश उप्रेती, जानकी पाठक, सिता चौधरी, विक्रम विश्वकर्मा, हेम विष्ट, पहल विक्रम चन्द, भिम प्रसाद गौतम, धर्मराज भट्ट, मदन राज ओझा,अर्जुन बोगटी, सत्य कुमारी सिंह रहेका छन् ।

बाह्रवनमा कैलालीका चार वटा पालिका गौरीगंगा,गोदावरी,धनगढी र चुरे गरि २१ वटा वडाबाट ४८ हजार ८४८ उपभोक्ता रहेका छन् ।

चुनावी साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि,वडा संयोजक लगायत नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यसमिति चयनको बाँकी कारबाही निर्वाचन समितिले अगाडि बढाउने भएकोछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...