विङ्गर र अटो रिक्सा ठोक्किँदा कैलालीमा ३ जनाको मृत्युु, ५ घाइते




अत्तरिया, १९ भदौ– कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युुभएको छ भने पाँच जना घाइते भएका छन्।


शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले दुुर्घटनामा परेर अटोमा सवार घोडाघोडी नगरपालिका वडा नं. ९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको जानकारी दिए ।गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए।
ट्राफिक प्रहरी उपरीक्षाक गौतमका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका वडा नं. ९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं. १० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्येका सुरेन्द्र चौधरी अटो चालक हुन् भने रावल विङ्गरका सहचालक हुन् । विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।



