कैलाली भन्सारले आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व संकलन ग¥यो

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पाँच अर्ब ३४ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म यो परिमाणमा राजस्व संकलन गरेको हो।

Ganyapdhura gau

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यो अवधिमा भन्सार महशुलतर्फ दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ रु १३ करोड ८२ लाख र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो।

Navadurga sun
Dadhaldhura pur

चालु आवमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७.८६ प्रतिशतमात्रै संकलन भएको उनले जानकारी दिए।

चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख र कात्तिकमा ६२ करोड ७८ लाख राजस्व संकलन भएको छ।

यस्तै, मङ्सिरमा८१ करोड १३ लाख, पुसमा ६५ करोड ८७ लाख, माघमा ७३ करोड दुई लाख र फागुनमा ७२ करोड ७६ लाख रुपैयाँ संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। सूचना अधिकारी अर्यालले बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व स‌कलनको लक्ष्य हासिल गर्न नसकेको बताए।

कार्यालयले गत आव २०८०र८१ मा पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको थिएन। गत आवमा११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएकामा रु सात अर्ब ९१ करोड ८० लाख मात्र संकलन भएको थियो। जुन वार्षिक लक्ष्यको ६८।३६ प्रतिशत मात्रै हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...