कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित ६ जना पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । कैलालीबाट ५ जना र कञ्चनपुरबाट एक जना गरि शनिवार ६ जना पक्राउ परेका हुन् ।

Dadeldhura hospital

कञ्चनपुरको दोधारा–नगरपालिका–१ पशुपति टोल शिव मन्दिर नजिकबाट ३.६७० ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बेदकोट नगरपालिका–७ बस्ने  २१ वर्षीय प्रभाष शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधरा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यता कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ५४७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय आदित्य रानालाई २ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित मोटरसाईकलरानालाइ शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, लिएको जनाएको छ ।

त्यसैगरी लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा  कैलालीको घोडाघोडी नगरपालिका–७ हरिनगरबाट २५ वर्षीय लक्ष्मण चौधरीको घरबाट १५ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लक्ष्मण चौधरी सहित सोही ठाउँ बस्ने २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका ३ बस्ने ३५ वर्षीय रमेश कार्की गरि चार जनालाई इलाका प्रहरी कार्यालय सुखड र अस्थायी प्रहरी पोष्ट हरिनगर, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Loading...