कक्षा १२ को परीक्षा ३० भदौदेखि गर्ने निर्णय (परीक्षा तालिकासहित)





काठमाण्डौ,१६ भदाै– कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।



बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो। यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड– १९ को कारण देखाएर स्थगित भएको थियो। यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन्।
प्रकाशित सूचना सहित:






