अत्तरियाको दुर्गालक्ष्मी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न

अत्तरिया-  कैलालीको गोदावरी नगरपालिका वडा नं २ स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) द्वारा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा भव्य कार्यक्रमको आयोजना गरी स्वागत कार्यक्रम सम्पन्न गरेको हो ।

स्ववियु सभापति भुवन महराको अध्यक्षतामा आयोजित  कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई अबिर टिका लगाएर स्वागत गरिनुका साथै गीत, नृत्य तथा लगायत सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेर कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

Dadeldhura hospital

नगर प्रमुख भट्टले स्वागत कार्यक्रममा बाेल्नुहुँदै लक्ष्मी बहुमुखी क्याम्पसको विकासमा आफ्नो भूमिका बारे चर्चा गरेका हुन्। “१२ वर्षसम्म क्याम्पस व्यवस्थापन समितिको अध्यक्षका रूपमा कार्य गर्दा यस संस्थालाई मजबुत बनाउने प्रयास गरियो । अहिले हजारौं विद्यार्थीहरूले यहीँ बसेर उच्च शिक्षा हासिल गरिरहेका छन्, जुन हामी सबैका लागि गौरवको विषय हो ।” भट्टले भने, “तपाईंहरू भाग्यशाली विद्यार्थी हुनुहुन्छ, किनकि सुदूरपश्चिम प्रदेशको एक महत्वपूर्ण शैक्षिक केन्द्रमा अध्ययन गर्ने अवसर पाउनु भएको छ । अहिलेको मेहनतले तपाईंहरूको भविष्य निर्माण गर्छ, त्यसैले शिक्षालाई आफ्नो पहिलो प्राथमिकता बनाउनुहोस् । नगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न सक्दो सहयोग गर्नेछ । यस क्याम्पसको विकासका लागि मेरो सहयोग सधैं रहि रहने छ ।”

स्ववियु सभापति भुवन महराले विद्यार्थीहरूको हकहित र क्याम्पसको समग्र विकासका लागि आफू र आफ्नो टिम निरन्तर क्रियाशील रहने बताए । उनले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै भने, “तपाईंहरू सबैले लक्ष्मी बहुमुखी क्याम्पसलाई आफ्नो दोस्रो घर सम्झनुहोस् । यहाँको अध्ययन वातावरण, शैक्षिक गुणस्तर र विद्यार्थीहरूका लागि उपलब्ध सुविधाहरूलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी हामी सबैको हो । स्ववियु विद्यार्थीहरूको हकअधिकारको संरक्षण मात्र होइन, क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि पनि प्रतिबद्ध रहन्छ ।” 

कार्यक्रममा नवआगन्तुक विद्यार्थीसँगै सबै संकायका सबै सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागतको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी र क्याम्पसमा अध्ययनरत दोस्रो र तेस्रो सेमेस्टरमा विद्यार्थीहरूले लिएका थिए । 

Loading...