सिद्धबाबा माबिको ३६ औं वार्षिक उत्सव आज, उद्घाटन चुरे गाउँपालिका अध्यक्ष बोगटीले गर्नु हुने 

अत्तरिया- कैलालीको चुरे गाउँपालिका ६ गौजेनामा रहेको श्री सिद्धबाबा माबिको ३६ ‌‍औँ बार्षिक उत्सव तथा अभिभावक दिवस आज फागुन १२ गते, साेमबार विशेष कार्यक्रम सहित मनाउने भएको छ । 

Dadeldhura hospital

उक्त वार्षिक उत्सवको एक कार्यक्रमका बिच चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक सिद्धबाबा माबि गैजेनाका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशन सिंह साउँद (विशाल) ले जानकारी दिए । उक्त कार्यक्रम आज (सोमबार) बिहान ठिक १० बजे हुने बिव्यस अध्यक्ष साउँदले बताए ।

Navadurga sun
Godawari sandesh

विद्यालय प्रशासनका अनुसार आजको वार्षिक उत्सवमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, लगायत विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गर्नेछन् । कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय बौद्धिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

Loading...