सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

धनगढी- सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै जान थालेको छ । प्रदेशबाट चालु आर्थिक वर्षको ६ महिनामा १७ हजार बिदेशिएका छन् ।

Ganyapdhura gau

चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्ममा सुदूरपश्चिमबाट १७ हजार ८४ जना वैदेशिक रोजगारीका लागि गएको वैदेशिक रोजगारी विभागलाई उद्धृत गर्दै सुरक्षित आवास (सामी) परियोजनाका कैलाली जिल्ला संयोजक विष्णु प्रशाद चौधरीले बताए ।

Navadurga sun

सो अवधिमा वैदेशिक रोजगारीमा जानेमा सबै भन्दा बढी अछामका रहेका छन् । अछामबाट ६ महिनाको अवधिमा ३ हजार ११८ पुरुष र २५७ महिला गरी ३ हजार ३७५ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै कैलालीबाट ६ महिनाको अवधिमा २ हजार ९७८ पुरुष र ३७२ महिला गरी ३ हजार ३५० जना, कञ्चनपुरबाट २ हजार ७७४ पुरुष २३९ महिला गरी ३ हजार १३ जना, बैतडीबाट २ हजार ११३ पुरुष र १७२ महिला गरी २ हजार २८५ जना र बझाङबाट १ हजार १९९ पुरुष र ९९ महिला गरी १ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

Dadhaldhura pur

त्यस्तै दार्चुलाबाट १ हजार ५३ पुरुष र ६९ महिला गरी १ हजार १२२ जना, बाजुराबाट १ हजार ३ पुरुष र १४४ महिला गरी १ हजार ११७ जना, डडेल्धुराबाट ९७१ पुरुष र ७८ महिला गरी १ हजार ५३ जना र डोटीबाट ४४७ पुरुष र २४ महिला गरी ४७५ जना वैदेशिक रोजगारीमा गएका छन् ।

सुदूरपश्चिमबाट आर्थिक वर्ष २०८०/०८१ मा ३० हजार ३०५ जना वैदेशिक रोजगारीमा गएका थिए । सो अवधिमा देशभरबाट भने ७ लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पछिल्लो १८ वर्षको अवधिमा सुदूरपश्चिमबाट २ लाख ४५ हजार ९७१ जना वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०६४/०६५ देखि २०८१ पुस मसान्त सम्मको अवधिमा उक्त सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका हुन । जसमा महिलाको सङ्ख्या ८ हजार ६१५ रहेको छ ।

सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा गएका २८२ जनाले विदेशमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६६/०६७ देखि आर्थिक वर्ष २०८०/०८१ को अवधिमा २८२ जनाले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सुदूरपश्चिम संयोजक पञ्चराम चौधरीले सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा अझै धेरै चुनौती रहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...