सहसचिव बढुवाका लागि ५ जनाको नाम सिफारिस





काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।



बढुवा समितिले नेपाल इन्जिनियरिङ सेवा समूहतर्फ राज पत्रांकित प्रथम श्रेणी (सहसचिव) मा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।


नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह तर्फ चक्रपाणि शर्मा आचार्य, वासुदेव पौड्याल र बाल मुकुन्द श्रेष्ठलाई सहसचिव बढुवाका लागि सिफारिस गरिने भएको छ ।
सोही समूहतर्फको बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीमा दिलीप शेखर श्रेष्ठ र इरिगेशन इन्जिनियरिङ समूहतर्फ देवराज निरौलाको नाम बढुवाका लागि सिफारिस गरिने निर्णय भएको बढुवा समितिको सचिवालयले जनाएको छ।



