बसन्त सामुदायिक वन उपभोक्ता समुहको १६ औं वार्षिक साधारणसभा सम्पन्न

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न‌ं. ११ स्थित बसन्त सामुदायिक वन उपभोक्ता समुहको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच उपभोक्ता समुहले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

उक्त वार्षिक साधारणसभाको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रनसिंह सुनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुर रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा शुक्लाफाँटा नगरपालिका वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. ११ का अध्यक्ष शेरबहादुर साउँद रहेका थिए । 

Navadurga sun
Godawari sandesh

कार्यक्रमका प्रमुख अतिथि रामविचारी ठाकुरले सामुदायिक वनहरुले खर्चमा पारदर्शिता राख्नु पर्ने बताए । स्थानीय सरकारसँगको सहकार्यमा वन संरक्षण गर्ने प्रावधान छ, स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढनु पर्ने बताए । भौतिक पूर्वाधारका लागि पनि स्थानीय सरकारसँग सहयोग माग्नुपर्ने बताए । 

Dadeldhura hospital

विशिष्ट अतिथि वडा नं. ११ का अध्यक्ष साउँदले वन संरक्षणमा सबैले लाग्नु पर्ने बताउँदै वन ऐन, नियमावली अनुसार सामुदायिक वनले काम गर्नुपर्ने बताए ।

वडा नं. १ का अध्यक्ष भट्टले बातावरण जोगाउन सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको बताए । सामुदायिक वनको वार्षिक प्रतिवेदन अध्यक्ष सुनारले प्रस्तुत गरेका थिए । २०५६ सालमा स्थापना भएको सामुदायिक वनले संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ। ५ सय १३ हेक्टरमा रहेको सामुदायिक वनमा १ हजार १ सय ३२ घरधुरी आवद्ध छन् ।

आर्थिक वर्ष ०८०/८१ मा सामुदायिक वनले ४ हजार ६ सय ४१.६२ क्यूफिट दाउरा संकलन गरेको छ । सामुदायिक वनले झाडी सफाई, ४.५ हेक्टरमा वृक्षारोपण, तारबार गरेको अध्यक्ष सुनारले बताए । सामुदायिक वनको आगामी योजना अधुरो कार्यालय भवन निर्माण, कार्यालय व्यवस्थापनका लागि फर्निचर निर्माण, कम्प्युटर खरिद, १ घर १ गोबर ग्यासको अवधारण सुचारु गर्ने, बस्ती किनारमा मेस जाली निर्माण र विद्युत जडान गर्ने आगामी योजना रहेको छ ।

सामुदायिक वनको आय-व्याय प्रस्तुत सचिव शुशिला विष्टले गरेकी थिइन् । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सामुदायिक वनको आय-व्याय ५ लाख ९८ हजार ८९ रुपैयाँ रहेको छ । सामुदायिक वनको वार्षिक साधारणसभा कार्यक्रमको सञ्चालन राघव अवस्थीले गरेका थिए । 

Loading...