वर्षाले बढायो विपद्को जोखिम, बैतडी–दार्चुलामा यातायात बन्द

बैतडी- लगातार भइरहेको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि बैतडी र दार्चुलामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ।

Navadurga sun

मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुलालाई अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो।

बैतडीमा गएरातिदेखि नै लगातार वर्षा भइरहेको छ। वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन सञ्चालन नगर्न यातायात व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

दार्चुलालाई ‘अति जोखिम’ वर्गमा राखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रशासनले वर्षाका कारण सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...