भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकाय ‘हाई अलर्ट’

कञ्चनपुर- कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’मा राखिएको छ। भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकायलाई चनाखोमा राखिएको हो।

कञ्चनपुरका सबै पालिकामा सुरक्षा संयन्त्रले सम्भावित डुबानबाट बचाउन उद्धार सामग्रीसहित सुरक्षा निकार्य सर्तक भएका छन्।

Navadurga sun

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरी बलले पाँच वटा स्थानमा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्तिसहित उद्धार सामाग्रीहरु राखिएको जानकारी दिए।

“कञ्चनपुरमा बाढी र डुबान हुनसक्ने सम्भावना रहेकाले सोही अनुसार तयारी गर्दै रबर बोट र तालिमप्राप्त सशस्त्र प्रहरी टोली एलर्ट छ।”

सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भने, “डुबान हुन सक्ने अवस्थायी मध्यनजर गर्र्दै विपद् व्यवस्थापन तालिमप्राप्त टिमले प्रतिक्रिया जनाउनेछ।”

सशस्त्र प्रहरी बलले पुनर्वास नगरपालिका, बेलौरी, दोधारा चाँदनीको देवीस्थान, भीमदत्त नगरपालिकाको मझँगाउ र शुक्लाफाँटाका लागि गणमा टोली तयारी अवस्था राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरीले नदी तटीय क्षेत्रका बिओपीहरुलाई चँनाखो रहन निर्देश गरिएको छ।

त्यसैगरी जिल्लाभर बाढी, डुबान भए तत्काल टोली खटाउनेदेखि जनधनको क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ‘कमाण्ड पोष्ट’ खडा गरिएको छ। पोष्टले जिल्लाभरको वस्तुस्थिति निगरानीसमेत गरिरहेको छ।

त्यसैगरी नेपाली सेनाको पनि श्री नं २५ बाहिनी अड्डा अन्र्तगतका गण तथा गुल्महरु विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ।

यहाँ बाहिनीका साथै सेनाको रणसिंह दल गण र बराहदल गुल्मले सम्भावित डुबान तथा बाढी जानसक्ने क्षेत्रका लागि तालिमप्राप्त टिमलाई जिम्मेवारी बाडफाँड गरेको सेनाले जनाएको छ।

यहाँका नौ वटै पालिकालाई सेनाले विभिन्न टोलीलाई जिम्मेवारीअनुरुप बोट, सवारीसाधन, उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको श्री नं २५ बाहिनी अड्डाले जनाएको छ।

भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि यहाँका सबै पालिकाहरुले पनि सचेतता फैलाउनुका साथै आवश्यक तयारी गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले विपद्का बेला उद्धार, राहत र नागरिकको सुरक्षालाई ध्यान दिएर प्रतिकार्य योजना अघि बढाइएको छ।

प्रशासनले उच्च सतर्कता अप्नाउन अनुरोधसहितको सूचनासमेत जारी गरिएको बताउँदै भारी वर्षाका बेला यात्रा नगर्न, महाकाली, जोगबुढा, मछेली, दोदा, लगात नदी नाला किनार, तटीय क्षेत्र डुबान हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले प्रहरी टोली सम्भावित विपद्को पूर्वतयारीसहित तयारी अवस्थामा रािखएको बताए।

“प्रहरीले तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गर्नुका साथै जिल्लामा समन्वय र सहकार्य गरेर विपद् प्रतिकार्य तथा उद्धार राहतका लागि तयार छ।” उनले भने, “अहिलेसम्म क्षति हुने गरी जर्षा भएको छैन।” रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...