कैलालीबाट लागूऔषध सहित चार जना पक्राउ

धनगढी- कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–७ जटाशंकर घाटबाट टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय किरण तिमिल्सिनासहित ३ जना पक्राउ परेका हुन् ।

Dadeldhura hospital

तीनै जनालाई ४ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन र स्पास्मो प्रोभोन प्लस क्यापसुल ५४३ पिससहित सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डा, कैलालीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई तिनै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको छ।

Navadurga sun
Godawari sandesh

त्यस्तै धनगढी उपमहानगरपालिका–८ पुरानो वडा कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका–६ उत्तरवेहडी बस्ने २१ वर्षीय दिनेश भट्टलाई २३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

Loading...