गोदावरी नगरपालिकामा यसपाली देखी आधारभूत तहको नगरस्तरीय परीक्षा सञ्चालन हुने
कक्षा ५ को नगरस्तरीय परीक्षा सञ्चालन गरिने





अत्तरिया- गोदावरी नगरपालिका नगर शिक्षा समितिले शैक्षिक गुणस्तर सुधारको उद्देश्यले नयाँ निर्णय गरेको छ । मिति २०८१/०९/२२ गतेको निर्णयअनुसार, शैक्षिक सरोकारवालालाई विद्यालय शिक्षाप्रति थप जिम्मेवार बनाउने र पठन संस्कृतिलाई प्रभावकारी बनाउने दिशा तय गरिएको छ ।



यस निर्णयका अनुसार, शै. स. २०८१ देखि आधारभूत तह (कक्षा ५) को नगरस्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो। यो कदम पाठ्यक्रम र मूल्याङ्कनमा एकरुपता ल्याउनका लागि महत्त्वपूर्ण रहेको जनाइएको छ ।


गोदावरी नगरपालिकाको यो पहलले शिक्षा प्रणालीमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक स्तरलाई बढावा दिने अपेक्षा गरिएको छ । नगर शिक्षा समितिको यो कदम शिक्षामा गुणस्तरीयता र सुधारको दिशा तय गर्नका लागि सकारात्मक कदमको रूपमा मूल्याङ्कन गरिने जानकारी शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताएका छन।




