प्रेस चौतारी कैलालीको अधिवेशन माघ ११ मा हुने

धनगढी- प्रेस चौतारी नेपाल कैलालीको जिल्ला अधिवेशन आगामी माघ ११ गते हुने भएको छ । शनिबार धनगढीमा बसेको प्रेस चौतारीको जिल्ला कमिटीको बैठकले संगठनको केन्द्रीय सर्कुलर अनुसार माघ ११ गते अधिवेशन गर्ने निर्णय गरेको सचिव जनक विष्टले जानकारी दिए ।

उनका अनुसार प्रेस चौतारीको केन्द्रीय कमिटीले २५ माघ भित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा बसेको बैठकले २८ मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा समेत गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अधिवेशनको एक हप्ता अगावै सदस्यता नवीकरण र नयाँ सदस्य वितरण गरिसक्ने निर्णय पनि गरेको सचिव विष्टले बताए । जिल्ला अधिवेशन सम्पन्न गर्न अध्यक्ष अचार्यको संयोजकत्वमा मूल आयोजक कमिटी पनि गठन गरेको छ । उक्त कमिटीमा जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य रहेका छन् भने आवश्यकता अनुसार थप्न सक्ने निर्णय गरिएको छ ।

त्यस्तै उपाध्यक्ष निराजन परियारको संयोजकत्वमा सहसचिव प्रेमसिंह विष्ट, सदस्यद्वय सागर परियार र तेज बोहरा सदस्य रहने गरि अधिवेशन परिचालन समिति, सचिव जनक विष्टको संयोजकत्वमा सहसचिव नन्दलाल राना, सदस्यद्वय पूर्ण साउद र टेकसिंह धामी सदस्य रहने गरि अधिवेशन तयारी समिति र कोषाध्यक्ष लोकुसिंह ठकुरीको संयोजकत्वमा सदस्यद्वय दिनेश विष्ट र नरेशनाथ योगी सदस्य रहने गरि आर्थिक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ ।

प्रेस चौतारीको जिल्ला कमिटीको बैठकको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना रहेका थिए । विशिष्ट अतिथिका रुपमा नेकपा एमालेका कैलाली जिल्ला उपसचिव एवम् प्रचार विभाग प्रमुख चुडामणी भट्ट, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दिलबहादुर छत्याल, प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण ओली सहभागी थिए ।

अतिथिका रुपमा प्रेस चौतारी तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, प्रदेश सदस्य एवम् पत्रकार महासंघ कैलालीका उपाध्यक्ष बिराज रोस्यारा, प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश सदस्य जीवन विष्ट र ध्रुव ओझाको पनि सहभागी रहेकाे थिए ।

Loading...