निर्मला पन्त हत्या प्रकरणको गोप्य अनुसन्धान भइरहेको छ : गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान अझै जारी रहेको बताएका छन्।

गृह मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उक्त घटनाको अनुसन्धानबारे प्रश्न उठाएपछि उनले सरकार यस विषयमा गम्भीर र संवेदनशील रहेको बताएका हुन्।

Navadurga sun

मन्त्री गुरुङले कतिपय अनुसन्धानका काम गोप्य रूपमा गर्नुपर्ने अवस्था रहने उल्लेख गर्दै सरकारले घटनालाई गम्भीरतापूर्वक लिएको बताए। उनले निर्मला पन्तको हत्या गर्ने दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक काम भइरहेको जानकारी दिए।

साथै, उनले घटनापछि यस विषयमा कस–कसले राजनीति गरे भन्ने पक्षको पनि अध्ययन तथा अनुसन्धान अघि बढाइएको बताए। सरकारले सत्य तथ्य पत्ता लगाई न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...