अवरुद्ध महाकाली लोकमार्ग खुल्यो

दार्चुला- महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अन्तर्गत किम्तडी भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा ६ दिनदेखि अवरुद्ध सडक शनिबारदेखि खुलेको छ।

Ganyapdhura gau

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबारदेखि बाटो खुलेको हो । दार्चुला सदरमुकाम खलङ्गानजिक रहेको महाकाली नगरपालिका –५ किम्तडीस्थित ठड्याकाठा भिरमा सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सडक कटानका क्रममा खसेको पहिरो पन्छाएर शनिबारदेखि आवतजावत खुला गरिएको छ । सो क्षेत्रमा बाँकी काम आइतबारदेखि जारी रहने निर्माण प्रतिनिधि सुरेन्द्र बमले बताए । आज सडक खुलाएर यातायातका साधन पास भएका छन, उनले भने, “आज आराम गरेर भोलिदेखि निर्माण कार्य थप अघि बढाउछौँ ।” निर्माणको क्रममा केही समय अवरोध भए पनि अब लामो समय सडक अवरुद्ध नहुने उनको भनाइ छ ।

पुस १५ देखि जिल्लाको मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू भीर चढेर पैदल हिड्न बाध्य भएका थिए । मुख्य राजमार्ग अवरुद्ध हुँदा विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई हिँडडुल गर्न झन समस्या भइरहेको थियो । सडक अवरुद्ध भएकै कारण शुक्रबार महेन्द्र नमूना मावि खलङ्गाले एक दिन विद्यालय बन्द गरेको थियो ।

मालवाहक सवारी किम्तडी र खलङ्गामा रोकिएका थिए । खलङ्गाबाट महेन्द्रनगर, धनगढी, काठमाडौंका लागि छुट्ने लामो दूरीका बस तथा छोटो दूरीमा चल्ने जिपहरू किम्तडीसम्म मात्र चल्ने गरेका थिए । केही बसहरू खलङ्गामै थुनिएका थिए । शनिबार दिउँसो सडक खुलेसँगै आवतजावत गर्नेलाई सहज भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

Couple
Loading...