लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडामा भारतबाट नेपाल तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१० प १३२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक कृष्णपुर नगरपालिका–५ गुलरीया बस्ने २७ वर्षीय गणेशबहादुर खड्का र पछाडी सवार कृष्णपुर नगरपालिका–६ गुलरीयाका ३३ वर्षीय चेत राज भण्डारी पक्राउ परेका हुन्।

Dadeldhura hospital

चेकजाँच गर्दा ६ दश्मलव ४२ ग्राम लागूऔषध ९खैरो हेरोइन० फेला पारी मोटरसाईकल र दुवै जनालाई प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh

यस्तै भीमदत्त नगरपालिका–९ ब्रहमदेवको सडक खण्डबाट सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश बुढापनि खैरो हेरोइनसहित पक्राउ परेका छन्। बुढालाई शुन्य दश्मलव ६९ ग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Loading...