धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीको धनगढीमा दुई जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ मनेहराबाट धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २५ वर्षीय नितेश ओली ५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका हुन्।

यसैगरी धनगढी उपमहानगरपालिका–१० घुइयाघाटबाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोर १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...