भीम रावल आफै निस्कनुभएको हो, निकालेका होइनौं : महासचिव पोखरेल

चितवन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वअध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन्। शुक्रबार चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफै हटेको बताएका हुन्।

Ganyapdhura gau

ुपार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छरु,ु उनले भने, ुत्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो भन्ने बुझ्छु।ु

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए।ुनागरिकका रूपमा उहाँलाई कारबाही गर्नुपर्ने आवश्यकता छैन। उहाँ सचेत नागरिक हो। पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन्। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छरु,ु उनले भने।

पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताए। त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताए।

ुहामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं। महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं,ु उनले भने।

तर रावलले सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताए।ुत्यसकारण उहाँ आफै निस्किनुभएको हो भन्ने बुझ्छु। बाँकी कुरा प्रक्रियाको मात्रै हो,ु उनले भने।

 

Couple
Loading...