कैलालीको धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

धनगढी- कैलालीको धनगढीमा चार पसलमा आगलागी भएको छ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–४ मा आइतबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार समिर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यूलब्ली टेलर्स र श्रीकृष्ण इन्टरप्राइजेजमा आगलागी भएको हो।

Navadurga sun
Godawari sandesh

प्रहरी निरीक्षक खड्काका अनुसार मोबाइल ग्यालरीमा १० लाख, अर्जुन आर्टमा ९ लाख, लब्ली टेलर्समा पाँच लाख र श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोड बढीको क्षति भएको छ। विद्युतको तार सर्ट भएर मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको उनले बताए। धनगढी उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Loading...