प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन्। प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा दिल्ली गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय भइनसके पनि यही पुस २५ गते जाने गरि तयारी थालिएको छ।

Navadurga sun
Godawari sandesh

भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए।

मंसिर १७ गते चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए। तर त्यसबेला दिल्लीबाट ठोस जवाफ नआएपछि ओली चीन भ्रमणमा गएका थिए। त्यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको थियो।

Couple
Loading...