



अछाम– रुखले च्यापिएर बुधबार अछाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ५ तल्लो पातल निवासी रनसिंह बटालाको रुखले च्यापिएर मृत्यु भएको हो।


घरबाट करिब २ घण्टा टाढा रामारोशनको रामे भन्ने ठाउँमा ढलको रुख काटिरहेको बेला रुखले च्यापिएर ज्यान गएको उनका आफन्त डम्बर रोकायाले बताए। मृतकका श्रीमती १ छोरी र २ छोरा छन्। मृतकको आजै कैलाशखोलामा दाहसंस्कार गरिसकिएको छ।





