पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अहिले देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

Navadurga sun

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि सामान्यतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहने र बिहानपख कुहिरो लाग्ने सम्भावना रहेको छ।

रातिको समयमा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

मौसममा आएको परिवर्तनका कारण चट्याङ, हावाहुरी, असिना र भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...