एसपिए लिटल फ्लावर लिगको सेमिफाइनल समीकरण पूरा, चार टोली भिड्दै

धनगढी- धनगढीमा जारी दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरू सम्पन्न भएका छन्।

लिग चरणबाट समूह ‘ए’ को विजेता महेन्द्रनगरस्थित मोर्निङ ग्लोरी स्कुल, समूह ‘बी’ को विजेता अनिरुद्ध्र जिडी ग्रुप धनगढी, समूह ‘सी’ को विजेता एरिष्टो माध्यमिक विद्यालय धनगढी र समूह ‘डी’ को विजेता घोडाघोडी सामुदायिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।

Navadurga sun

बुधबार बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता मोर्निङ ग्लोरी स्कुल महेन्द्रनगर र समूह ‘सी’ को विजेता एरिष्टो माध्यमिक विद्यालय धनगढीबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, बुधबार दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता अनिरुद्ध्र जिडी ग्रुप धनगढीले समूह ‘डी’ को विजेता घोडाघोडी सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ।

गत असोज १५ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

त्यस्तै, प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा देशभरका १५ टोलीले सहभागिता जनाएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...