कञ्चनपुरमा बँदेलको मासु सहित एक जना पक्राउ

कञ्चनपुर, २ भदौ : कञ्चनपुरमा बँदेलको मासुसहित एक जना पक्राउ परेका छन्। लालझाडी गाउँपालिका–५ का ३९ वर्षीय राम साहेब राना बँदेल मार्न प्रयोग गरिएको दुई थान जाल र डेढ किलोग्राम बँदेलको मासुसहित पक्राउ परेका हुन्।

लालझाडी सब डिभिजन वन कार्यालयका रेन्जर करुणाकर अवस्थीको नेतृत्वमा खटिएको गस्ती टोलीले मंगलबार राति साढे एघार बजे लालझाडी वन क्षेत्रबाट उनलाई पक्राउ गरेको बताइएको छ। रानालाई वन कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेशकुमार यादवले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...