साना किसान कृषि सहकारी संस्था श्रीपुरको वार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुर ६ को २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार  शैलेश्वरी मावि बढ्याको प्राङ्गणमा सम्पन्न भएको हो ।

संस्थाका वर्तमान अध्यक्ष केशव बिनाडीको अध्यक्षतामा सञ्चालित साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष नन्दलाल भट्ट प्रमुख अतिथि रहेका थिए । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष जानकी पाठक र राम प्रसाद चौधरी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक टेकराज भट्टले गरे भने संस्थाकै उपाध्यक्ष फलराम चौधरीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । २८ औं साधारण सभा सम्म आउँदा संस्थामा १९ जना कर्मचारी र ५ हजार ५ सय ५१ शेर सदस्यहरू रहेका छन् । 

संस्थाको यस वर्षको खुदनाफा ८३ लाख २७ हजार ६ सय २२ रहेको छ । भने  संस्थाको यस वर्षको सेयर पूँजी ५ करोड ५१ लाख ९९ हजार १ सय रहेकाे छ भने संस्थाको गत वर्षको शेयर पुँजी ४ करोड ४९ लाख ३६ हजार रहेको छ । यस वर्षको कुल निक्षेप संकलन २६ करोड ८५ लाख २६ हजार १ सय ३२ रहेको छ भने गत वर्षको निक्षेप संकलन २२ करोड ८३ लाख १२ हजार १ सय ६८ रहेको छ ।

Loading...