दार्चुलामा यात्रु सवार हाईस दुर्घटना

दार्चुला दार्चुलामा यात्रु सवार हाईस दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ नकतड (पडाल) चेक पोष्ट नजिकै शनिवार सडकमा हाईस पल्टिएर दुर्घटना भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

दार्चुलाको सदरमुकाम खंलगाबाट महेन्द्रनगर तर्फ आउँदै गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ४४ वर्षीय रामबहादुर महराले चलाएको बा ५ ख ५२६५ नम्बरको हाईस ब्रेक फेल भएर नकतड पडाल मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए । १७ जना सवार हाईसमा पाँच जना घाईते भएको जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

घाईते हुनेमा शैल्यशिखर–६ पनेबाजकी १४ वर्षीया जस्मीना धामी, वडा नम्बर–७ देवथलीका ८० वर्षीय बिष्णुदत्त जोशी, १० वर्षीय हिमान्सु जोशी, कञ्चनपुर बेदकोट नगरपालिका–७ बस्ने ४० वर्षीया बसन्ती बिष्ट र सहचालक कैलालीको बर्दगोरीयाका २२ वर्षीय रोहित स्वाँर रहेका छन् ।

अन्य यात्रु सकुसल रहेको र घाईतेहरुको गोकुलेश्वरको मालिकार्जुन अस्पतालमा उपचार भइरहेको जोशीले बताए ।

Couple
Loading...